फिल्म। ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो । सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्,’प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो चलचित्रले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’ निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर चलचित्र हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।
यो प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्छ । यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, पवन भट्टराई, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।











