देश। रत्नेचौर सेवा समाज काठमाडौंकोशनिबार आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमार्फत पदमबहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएका छन्।
म्याग्दीको बेनी नगरपालिका–१ घर भै काठमाडौंमा बसोबास गर्दै आएका रत्नेचौरबासीको सामाजिक कार्यमा सक्रिय संस्थामा उपाध्यक्षमा चन्द्रबहादुर रावल, महासचिवमा विष्णु शर्मा, सचिवमा सन्तोष भण्डारी, कोषाध्यक्षमा भीमबहादुर रावल निर्वाचित हुनुभएको हो। यस्तै,सदस्यमा वसन्तविक्रम बोगटी, पूर्णबहादुर थापा, अभिषेक बोगटी तथा महिला सदस्यतर्फ कमला शर्मा, मीना आले र माया रावल निर्वाचित हुनुभयो। सल्लाहकार समितिमा कृष्णबहादुर बोगटी, भेजबहादुर रावल, दुर्गाबहादुर रावल, सुरत खत्री र नरबहादुर बोगटी चुनिनुभएको छ ।
कमेन्ट गर्नुहोस्











