फिल्म। चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट निर्देशक कँडेल ‘बहाव’बाट उत्साहित छन् । पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरिएको फिल्ममा एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरिएको छ।
‘मध्यम परिवारको कथालाई देखाएका छौं । एउटा परिवारले भोग्ने दैनिकी समस्यासँगै सामाजिक, आर्थिक, राजनीति विषयमा हुने वैचारिक छलफलको भिन्नतालाई देखाइएको छ’, निर्देशक कँडेलले भने । प्राचीन समयदेखि चलिएको परम्परालाई निरन्तरता दिने कि नयाँ विचारलाई प्रयोग गर्ने भन्ने विषयमा बाबुछोरीको अन्तरद्वन्द्वलाई फिल्ममा उनले स्थान दिएका छन्।
कमेन्ट गर्नुहोस्










