सङ्गीत। अमेरिकामा रहेर गायन कलालाई निरन्तर बढाइरहेकी गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘उड्यो मन’ बोलको गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषत, रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ ।
गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छन् । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु, कुनै संकोच विना विन्दास तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्










