फिल्म। फागुन १९ गतेबाट प्रदर्शन हुने हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ । लोक शैलीको ‘दर्शन सलाम’ गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत दिएका छन् । चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यको साथमा अभिनेत्री स्वस्तिमा खड्काको नृत्य रहेको छ। गीतलाई स्तरीय बनाउन अडियो र भिडियोमा मिहिनेत गरिएको छ । गीतका शब्दहरु जिब्रोमा झुन्डिने खालका छन् । संगीत पक्ष सशक्त छ । फिल्मको हाइप निर्माण गर्न यो गीतले ठूलो भूमिका खेल्नेछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।











