जापानमा ‘छक्का पञ्जा ४’

फिल्म । हिट सिरिजको रूपमा स्थापित फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिज आउँदो फागुन १९ मा प्रदर्शन हुँदैछ । नेपालमा प्रदर्शन तय भएसँगै विदेशका विभिन्न स्थानमा समेत यसले प्रदर्शन तय गर्दैछ । यसैक्रममा सोही मितिमा जापानका विभिन्न सहरमा फिल्म प्रदर्शन हुने तय भएको छ । जापान प्रदर्शकले पोस्टर मार्फत फिल्म प्रदर्शन हुने मिति, हल र समयको बारेमा जानकारी गराएका छन् ।

प्रदर्शन अधिकार पाएको आन्भी इन्टरटेनमेन्टका पवन थापाले फिल्मको माँग जापानभर रहेको जानकारी दिए । ‘जापानको टोकियोबाट सुरू हुने प्रदर्शन लगभग सम्पूर्ण सहरमा गर्ने तयारीमा छौँ । यसले यहाँ गर्ने व्यापार आफैँमा रेकर्ड बन्छ भन्ने अनुमान हाम्रो छ’, प्रदर्शक थापाले भने ।

हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

कमेन्ट गर्नुहोस्