एज ग्यापले फरक नपार्ने अभिनेत्री

फिल्म। हलमा प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल छन् भने को–स्टार उपासना सिंह ठकुरी छिन् । आफ्नो उमेर भन्दा आधा उमेर कम भएकी उपासनासँग अभिनेता सिग्देलले अनस्क्रिन रोमान्स गरेकाछन् । यी दुईको जोडीलाई दर्शकले रुचाए । अभिनेत्री ठकुरी डेब्यु फिल्म देखि नै आफ्नो उमेर समुहको अभिनेतासँग नदेखिएको बताउछिन् ।

‘डेब्यु फिल्म ड्रिम्समै अनमो केसी म भन्दा पाँच वर्ष जेठो थिए । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरे । मलाई उमेर अन्तरले असर गरेको छैन । उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु’, अभिनेत्री ठकुरीले भनिन्,’अभिनेत्रीलाई आफ्नै उमेर समुहको को–स्टार पाउन सहज छैन । यद्दपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।’

अभिनेत्री ठकुरी झैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसकेकी छिन् । साम्राज्ञी अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हाँस्यकलाकार जीतु नेपाल छन् । अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै विभिन्न प्रतिक्रिया पाएकी साम्राज्ञी कथाको डिमाण्ड भन्छिन् । ‘हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छ जस्तो लाग्दैन । यद्दपि सुहाउँदो भने हुनु पर्छ’, अभिनेत्री शाहले भनिन् ।

डेढ दशकअगाडी अभिनेता राजेश हमालको प्राय जोडी जुनियरनै हुने गर्थे । अभिनेता रमेश उप्रेतीले अभिनयसँगै निर्माण रहेको फिल्म ‘ऐश्वर्य’ मा जोडी दीपिका प्रसाईं थिइन् । यद्दपि दुईको अभिनय रहेको ‘तिमी रोएको पल’ निकै रुचाइको गीतमा परेको थियो ।

कमेन्ट गर्नुहोस्