रमेशको नयाँ गित ‘घरमा मेरो बिहेको करकर'(भिडियो)

संगीत । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित ‘घरमा मेरो बिहेको करकर’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । केहि समय अघि मात्र सार्वजनिक भएको गायक रमेश श्रेष्ठको “टिकटकले डुबायो” ले चर्चा बटुल्न सफल भएको थियो ।

यस गीतमा सुरेन्द्र थपलियाको शव्द गायक स्वयमको संगीत रहेको छ । म्युजिक भिडियोलाई बिशाल प्रजापतिले छायांकन गरेका हुन् भने संचारकर्मी सरोज श्रेष्ठले आकर्षक ढंगले निर्देशन गरेका छन् । उक्त भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । भिडियोमा कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीको अभिनय देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्