सङ्गीत। एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफुलाई सम्हाल्न सक्दैनन् ।
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । इन्डलेस (ट्रु लभ नेभर डाइस्, अनन्त)नामक सर्ट फिल्म शैलीको (म्युजिक भिडियो) सेतो कुर्ता रातो सारी गीतमा बनाईएको छ ।
सन्तोष सुनारको शब्द÷संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको छ । यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएकोे छ । नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो गीति चलचित्रलाई गोविन घिमीरेले निर्देशन गरेका छन् ।
छायांकन र सम्पादन पनि घिमिरेकै हो । सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन् । निर्देशक गोविनले यसबारे भने, ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोशीस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ ।’
यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ । यसको सह निर्देशन कमल अधिकारीले गरेका छन् । जसमा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा छ ।











