‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

फिल्म । प्रदिप शाहीको निर्देशनमा तयार भइरहेको दोस्रो फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको हो । विजय लामा, दिया पुन, रेश्मा घिमिरे लगायतको अभिनय रहेको फिल्मको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ। यसमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्