फिल्म । कौसीदले आफ्नो प्रदर्शन तय गरेको छ । गत जेठमै प्रदर्शन हुने भनिएता पनि विविध कारणले प्रदर्शन हुननसकेको फिल्म आउँदो पुष १५ मा रिलिज हुनेछ । निर्माण पक्षले रिलिज तय गरेर यसबारे जानकारी गराएको छ । अभिनेत्री ऋचा शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
बड पिक्चर्सको ब्यानरमा निर्माण फिल्मलाई कुमार भास्करले निर्देशन गरेका हुन् । यसको निर्माता केदार भुसाल, कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको फिल्ममा निसल पौडेललको छायांकन, मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन रहेकोछ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षको रहेको छ ।











