‘साकुरा नाइट’को पाँचौ सिजन हुँदै

संगीत । अष्ट्रेलियाको सिड्नी , क्यानबेरा सहित विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना हुने भएको छ । यसबारे काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलवार जानकारी दिईयो । जापानको शहरहरुमा कन्सर्ट र अवार्ड गरिरहेको सुर्य कर्पोरेशनले यसपटक वर्ल्ड म्युजिकल टुरको आयोजना गर्न लागेको हो । डिसेम्बर १३ देखि २१ तरिकसम्म हुने कार्यक्रमलाई ‘साकुरा नाईट’ को सिजन ५ भनिएको छ ।

यस्तै, आउँदो वर्ष सन् २०२३मा जापान, युएई, कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, संयुक्त राज्य अमेरिका र नेपालमा पनि साकुरा म्युजिकल नाइट गरिनेछ । ‘हामीले विगतबाट सिक्दै यसलाई झनै वृहतरुपमा अगाडी बढाउने तयारी थालेका छौँ । हामीले म्युजिकल टुरसँगै अवार्ड पनि गर्दैछौँ’ आयोजक संस्थाका अध्यक्ष बाशुदेव लामिछानेले बताए । उनले अवार्डमा सहभागी हुन् चाहने दर्शकलाई टुर गराउने समेत बताए ।

‘हामीले पनि अब नेपाली कलाकारसँगै अवार्डमा सहभागी हुन् विदेश जान चाहनेलाई लाने तयारी गरेका छौँ । नेपाली कला , संस्कृतिको प्रवर्द्धनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ’ उनले भने । विशेषत भारतमा आयोजना हुने अवार्डहरुमा सहभागी हुन् स्टारसँगै दर्शक पनि जाने गरेकाछन् । यहिँ तरिका नेपाली अवार्डमा समेत अपनाइएको अध्यक्ष लामिछानेले बताए । ‘साकुरा नाइट’ मा प्रशान्त तामाङ, सन्दीप क्षेत्री, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारहरु रहने आयोजित प्रेस भेटघाटमा जानकारी गराइयो ।

कमेन्ट गर्नुहोस्