सोमबार हल बन्द गरिँदै

फिल्म । आफूहरुलाई नेपाल सरकारले सहुलियत नदिएको भन्दै नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी पश्चात विस्तारै लयमा फर्किएको फिल्म हलहरुलाई राज्यका तर्फबाट कुनै सहुलियत नभएको चलचित्र संघले ठहर गरेको छ । ‘आज बसेको कार्यसमितीको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गरिएकोहो’चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले बताए ।

‘हामीलाई शो खुलाउन कुनै गाह्रो कुरा नै होइन । तर, प्रदर्शकहरुलाई हिन्दी फिल्मको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण आजदेखि नै हल बन्द गर्ने कि भन्ने बिषयमा हामी छलफलमा थियौं । तर, सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं । त्यसपछि, पनि मागको सुनुवाई भएन भने लामो हड्तालमा जान्छौं’उदयले भने ।

उनले विगत दुई दिन देखि हल हड्ताल गर्ने कि भन्ने छलफलमा रहेकाले हलले शो नखुलाएको बताए । ‘हामी आन्तरिक छलफलमा रहेका कारण नै शो नखुलाएका हौँ’पुर्व अध्यक्ष उदयले भने । विदेशी फिल्म आयातमा नेपाल राष्ट्र बैंक मितव्ययी नभएको , लगातार चौतर्फी आक्रमण भईरहेको , राज्यले व्यवसाय संचालनमा सहुलियत नदिएको लगायतका विषयमा छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्