‘बाबरी’ जोडी नयाँ फिल्ममा

फिल्म। आउँदो दसैँमा रिलिज हुने फिल्म ‘बाबरी’ मा स्क्रिन सेयर गरेको जोडी धिरज मगर र अदिति बुढाथोकीलाई नयाँ फिल्ममा पनि देख्न पाइने भएको छ । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म कास्ट गर्ने बताएकी छिन् । आफु निर्मित पहिलो फिल्म ‘बाबरी’ रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् ।

पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । यस अनटाइटल प्रोजेक्टको लागि निर्देशकको नाम गोप्य राखिएको निर्मात्री बुढाथोकीले बताइन । आगामी फागुनदेखि फ्लोरमा जाने फिल्म बारे ‘बाबरी’ रिलिन पश्चात जानकारी दिने उदेश्य उनको छ । उनी निर्मित फिल्म ‘बाबरी’ को ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् । ११ लाख भ्युज पाइसकेको ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज नाडकरको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्