प्रेमगीत ३ : हिन्दी चार गीत रिलिज

फिल्म । पछिल्लो समय फिल्म ‘प्रेम गीत ३’ चर्चामा छ । नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने भएपछि फिल्मको चर्चा चुलिएको छ । आउँदो दसैँमा नेपालीसँगै हिन्दी भाषामा प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

उल्लेखितहरु भारतकै अग्रपंक्तिमा नाम आउने गायक गायिका हुन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा राहत फतेह अलि खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ । नेपाली फिल्मको हिन्दी गीत सार्वजनिक भएसँगै नेपाली दर्शकले समेत चासोका साथ हेरेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्म भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्