रामदामको ‘जाली रुमालैमा’ सार्वजनिक

फिल्म । तिलक रामदामको ‘जाली रुमालैमा’ गीत र भिडियो सार्वजनिक गरिएको छ । दोलालघाटमा छायांकन गरिएको भिडियोमा विजय पुन, आर्यन राउत, विना राउत र जुना एसडीको अभिनय रहेको छ ।

रामदामको शब्द, सङ्गीत सिर्जना गरेको लोक तथा दोहोरी गीतमा गायक खेम सेंचुरी र गायिका किरण सिर्पालीको स्वर रहेको छ । यस गीतको सङ्गीत संयोजन राजु सोनामले गरेका छन् । ‘अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’, रामदामले भने।

कमेन्ट गर्नुहोस्