संगीत । नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अष्ट्रेलियाका विभिन्न् सहरहरुमा आफ्नो प्रस्तुतिहरु दिने भएका छन् । अष्ट्रेलियाको ८ सहरहरुमा व्याण्डले आफ्ना चर्चित गीत गुराँसै फुल्यो,सम्बोधन, परेलीमा लुकाई राखन,छुँदैन तिम्रो मायाले,जति माया लाए पनि,यो मन त मेरो नेपाली,पहिलो जूनिमा,चौबन्दी चोली लगाएत करिब २ दर्जन गीतहरुमा आफ्नो प्रस्तुति दिनेछ।
‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ टाइटल रखिएको उक्त कार्यक्रम अगस्त २१ देखि सेप्टेम्बर ९ सम्म हुनेछ। आयोजक संस्था रोटेपिङ्ग इन्टरटेनमेन्टले केहि ठाउँहरुमा सो सोल्ड आउट भैसकेको र सबैलाई कन्सर्टमा सहभागी भई कार्यक्रम भव्य र सफल बनाउन आग्रह समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्











