इन्टरनेटमा उपलब्ध फिल्म ‘कार्तिकेय २’ हलमा लाग्दै

फिल्म । भारतीय फिल्म सस्तोमा पाइने भएपछि वितरकहरु लोभिन थालेका छन् । गत साउन २७ मा रिलिज भएको लाल सिंह चड्डा र रक्षा बन्धनले नेपाली दर्शक तान्न नसकेपछि विदेशी फिल्मलाई नेपालमा प्रदर्शन गर्ने वितरकलाई ठुलै घाटा लाग्यो । यसअगाडीको फिल्म ‘शमशेरा’को विजनेशले नै निराश बनेका ती वितरकलाई आमिर खान र अक्षय कुमारको फिल्मले ठुलै झट्का दियो । ती फिल्मले दर्शक तान्न नसकेपछि ती वितरकको समुहले साउथ इन्डियन फिल्म ‘कार्तिकेय २’ लाई नेपाल रिलिज गर्दैछन् ।

भदौ ३ गते नेपाली फिल्म नै तीन वटा रिलिज हुँदैछन् । हिन्दी फिल्म नभएपछि उक्त वितरकहरुको समुहले गत शुक्रबार नै रिलिज भएको साउथ इन्डियन फिल्म ‘कार्तिकेय २’ लाई एकसातापछि नेपाल रिलिज गर्न लागेका हुन् । भारतबाट सस्तो रकममा साउथ फिल्म ल्याएर यहाँ राम्रै रकम कमाइरहेको यो टिमले ‘कार्तिके २’ पनि नेपाल भित्राउने तय गरेका हुन् । वितरणको फ्रन्टमा देखिएका मनोज राठी सहितको टिमसँग नेपाली फिल्म मेकर्स असन्तुष्ट रहदै आएका छन् । नेपाली फिल्मकै भिडन्त भनिएको भदौ ३ को डेटमा एकसाता अगाडी नै रिलिज भएर इन्टरनेटमा पाइरेसी भएको तेलुगु फिल्म ‘कार्तिकेय २’ ल्याएर नेपाली फिल्मको शो खोसेको नेपाली निर्माताहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्