‘फुलबारी’ घोषणा

फिल्म । प्राय कमेडी जनराका फिल्महरु निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फुलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की , दयाहाङ राई ,मिरुना मगर , अरुणा कार्की , सिर्जना सुब्बा , सोमनाथ खनाल , प्रियंका कार्की लगायतको अभिनय रहनेछ ।

बाबु र छोरा बीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन आउँदो भदौ पहिलो साताबाट सुरु हुनेछ । कमल किशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् । कमलले आफूहरु राम्रो र स्तरीय फिल्म निर्माण गर्न यसक्षेत्रमा भित्रिएको बताए । ‘नेपाली फिल्मको राम्रो बजार छ । हामी स्तरीय फिल्म दर्शकसम्म पुर्याउन चाहन्छौँ । हामी कति लाग्छ तर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्लीड्रामा दिन चाहन्छौँ’ उनले भने ।

निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए । ‘पारिवारिक कथा वस्तु हो । यसमा सहजै दर्शक कनेक्ट हुनुहुनेछ । र , भूमिका अनुसारको पात्र मैले पाएको छु’ उनले भने । फिल्ममा अभिनय गर्न पाउँदा विपिन निकै उत्साहित छन् । आफ्नो उमेर भन्दा बढी उमेरको देखिन् उनी तयार हुनुको कारण कथा नै बताए ।

‘फिल्मले डिमाण्ड गरेको क्यारेक्टर अनुसार म फिल्म गर्न तयार भएको हुँ । म कस्तो छु भन्ने भन्दा पनि मेरो क्यारेक्टर फिल्ममा देखिनु पर्छ । त्यसैले जीवन्त बनाउने मेरो प्रयाश रहने छ’ उनले भने । दया फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । यद्दपि उनको रोल छोटो नै छ । उनले आफ्नो भूमिकाको बारेमा खुलाएनन् । यद्दपि महत्वपूर्ण भूमिका रहेको बताए । यसअगाडी निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’ सोसल ड्रामा जनरामा तयार गरेका थिए ।

यसपटक अघिल्लो फिल्महरुको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मदत गर्ने निर्देशक गुरुङ बताउछन् । भदौदेखि छायांकन सुरु हुने फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन् । यसमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ ।

कमेन्ट गर्नुहोस्