नेविकोमा थप चार उत्पादन

देश । नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी कम्पनीको रुपमा परिचित नेविकोले चार उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनिले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकीजमा नाइस मिल्क कुकीज, खाद्यान्नमा कुरूमकुरूम चिउरा र स्न्याक्समा साल्टेड पिनटस् बजारमा ल्याएको जनाएको हो । बिस्कुट, कन्फेक्सनरी, कुकीज, सिरियल्स, स्न्याक्सलगायतका सामग्री उत्पादन गर्दै आएको नेविकोले थप प्रोडक्टहरू पनि ल्याउने तयारी रहेको जनाएको छ ।

नेविकोले आफ्ना उत्पादनहरू आकर्षक देखाउन र उपभोक्तासम्म सुरक्षित तरिकाले पुर्‍याउन प्याकेजिङमा विशेष ध्यान दिँदै आएको जनाएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कम्पनीले उत्पादनहरू सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा थप उत्कृष्ट उत्पादनहरू सार्वजनिक गर्नेमा समेत प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्