फिल्म । सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो वर्ष २०७९ सालको वैशाख १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘मन्त्र’ को रिलिज डेट घोषणा गरिएको हो । हिमाली भेगको प्रेम कथामा आधारित फिल्ममा सौगातको को-स्टार छिन् , दीया पुन । यी दुइको प्रेम र त्यसमा आउने उतारचढावलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेका छ ।
कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।
गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मकी लिड एक्ट्रेस दीयाले सगरमाथा आरोहन गर्ने भएकी छिन् । उनले आउँदो वैशाखमा सगरमाथा आरोहनको तयारी थालेकी छिन् । एक्ट्रेसले सगरमाथा आरोहन गर्ने भएपछि फिल्म युनिटले सफल आरोहनको शुभकामना दिदै राष्ट्रिय झण्डासँगै फिल्मको पोस्टर समेत हस्तान्तरण गरेको छ ।










