सिड्नीमा ‘होली मेला २०२२’ हुँदै

विदेश । आउँदै गरेको रंगहरुको पर्व होलीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना हुने भएको छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्ट्सले नै सिड्नीमा यो कार्यक्रम मार्च १९ मा गर्न लागेको हो ।

सिड्नीमा कोरोनाका कारण विगत दुई बर्षदेखि कुनै पनि कार्यक्रमको आयोजना हुन नसकेको अवस्थामा होल्ड्रेड गार्डेन्स, मेरिल्याण्डसमा होली विशेष कार्यक्रम आयोजना हुन लागेको हो । ‘सिड्नी होली मेला २०२२’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि नेपालबाट नेपाली गीतसंगीत र नृत्यका चर्चित कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले लगायत सहभागी हुँदैछन् । कार्यक्रममा सहभागी गायक गायिका तथा कलाकारले पछिल्लो समयका हिट गीतका अलवा नृत्य र कमेडी प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्