दोषी ठहरिए सजाय भोग्छु

फिल्म । एक नाबालिग माथि यौन शोषण गरेको आरोप लागेकाअभिनेता पल शाहले सामाजिक सञ्जाल मार्फत आफूमाथि लगाइएको आरोप नियोजित र षड्यन्त्रपूर्ण भएको उल्लेख गरेका छन् । बिहिबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै केही अडियो क्लिप समेत सार्वजनिक गरेका छन्।

‘केही दिनअगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’ पलले लेखेका छन् । उनले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ पलले आफूविरुद्ध जाहेरी दिने नाबालिगले लगाएको सबै आरोप गलत भएको र यसको प्रमाण आफूसँग भएको भन्दै केही अडियो क्लिप सार्वजनिक गरेका हुन्। उनले जाहेरी दिने नाबालिगलाई चार जना व्यक्तिले प्रयोग गरेको र नियोजित ढङ्गले षड्यन्त्र गरेको भन्दै नाम समेत उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्