आशिर्वादलाई सनिशा भन्दैछिन् ‘भो नबोलाउ मलाई’

सङ्गीत । सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित गीत ‘भो नबोलाउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो । भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै उत्कृष्ट लागेको बताए । उनले गायक तथा सङ्गीतकार सफल शेरचनको स्वर, शब्द र सङ्गीतको प्रशंसा गर्दै स्रोता र दर्शकले यो गीत मन पराउने विश्वास व्यक्त गरे ।

साथै, उनले निर्माण टिमलाई बधाई दिए । गीतको एरेन्ज सङ्गीतकार बाबुल गिरीले गरेका छन्, जसले गीतमा मिठास थपेका छन् । दीपा शाक्य श्रेष्ठको निर्देशनमा तयार यो भिडियोमा सनिशा र आशिर्वादको केमेस्ट्री आकर्षक देखिएको छ । गीतको मिक्सिङ र मास्टरिङ राजेश शाहले गरेका छन् भने मेकअप दीपा पौडेलले गरेकी छन् ।

प्रोडक्सन म्यानेजर दीपेन गौतम ‘माइकल’ रहेका छन् भने छायाङ्कन उत्तम हुमागाईंले गरेका छन् । भिडियोको रङ संयोजन प्रकाश मानन्धरले गरेका छन् ।

कमेन्ट गर्नुहोस्