दर्शकले रुचाए अक्षयको एक्सन लुक्स

फिल्म । अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’ ट्रेलर सार्वजनिक भएको छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि फिल्महरु रिलिज तोक्न नसक्दा यो फिल्मले मार्च १८ मा रिलिज हुने घोषणा गरेको थियो । फिल्ममा अक्षय कुमार शिर्ष भूमिकामा छन् । उनले एक ग्यांगस्टरको भूमिका निर्वाह गरेका छन् । फिल्मको फस्ट लुक सार्वजनिक भए देखि नै अक्षयको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका थिए ।

फिल्मको ट्रेलरमा देखिएको अक्षयको एक्सन र कमेडी भूमिकालाई दर्शकले तारिफ गरिरहेका छन् । फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन। ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगाएतको मुख्य अभिनय रहेको छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

कमेन्ट गर्नुहोस्