फिल्म । झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को सार्वजनिक शिर्ष गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । गत शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘ए मेरो हजुर’ लाई रुचाइएकै कारण ट्रेण्डिङमा परेको छ । ट्रेण्डिङमा परेसँगै गीतले राम्रो भ्युज समेत बटुलीरहेको छ । नेपालका पर्यटकीय गन्तव्य से-फोक्सुण्डोको मनोरम दृश्यमा गीतलाई संजय लामाले खिचेका छन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् ।
वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा , झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्











