देश । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ६ सय ३७ जना कोभिड संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४ सय ३२ जना गरी कुल ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा पुष्टि भएका ८० प्रतिशत नमुनामा ओमिक्रोन र बाँकीमा डेल्टा भेरिएन्ट पुष्टि भएको हो । हाल देशभरमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्







