करणले रोजे एक्सन हिरोमा ऋतिक

फिल्म । निर्देशक करण जोहरलाई लभ स्टोरी फिल्मले स्थापित गर्यो । कुछ कुछ होता है , कभी खुसि कभी गम लगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभ स्टोरीलाई न्यायपुर्वक पर्दामा उतार्दै आएका छन् । यद्दपी उनले गत वर्ष ‘घोष्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलोपटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफुलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।

रकी और पिंकीकि प्रेम कहानी निर्देशन गरेका करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । हालै मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफुले एक्सन फिल्म छिटै निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन् । पछिल्लो समय ‘वार’ मा देखिएका ऋतिकलाई दर्शकले रुचाए ।

ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएको समयमा करणले उनलाई कास्ट गर्ने तयारी थालेका हुन् । ऋतिकको ‘क्रिस ४’ पछि करणको फिल्म प्रदर्शनमा आउने भएकाले पनि उनलाई फाइदा नै हुनेछ । करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्