शाहिदको वेब सिरिज नेपालमा छायांकन हुने

फिल्म । गत अक्टोबरमा नेपालमा हिन्दी फिल्म ‘उँचाई’ को छायांकन भयो । यसका लागि अनुपम खेर , बमन इरानी र परिणीती चोपडा लगायतका कलाकारहरु नेपाल आएका थिए । विशेषत हिमाली भेगमा छायांकन भएको फिल्मले नेपालमा १६ करोड बराबर खर्च गरेको चर्चा छ । विश्वमै परिचित कलाकार नेपालमा रहेर हिमाली सुन्दरताको वर्णन गर्दा यसले पर्यटनमा टेवा पुर्याएको छ । गत अक्टोबरपछि यतिबेला नेपालमा विदेशी प्रोडक्सन हाउसहरुको ध्यान जान थालेको छ ।

यहिँ महिना डिसेम्बरमा ‘फेक’ नामाक वेब सिरिजको छायांकन नेपालमा हुने भएको छ । द फ्यामिली म्यान निर्देशन गरेका निर्देशक राज एण्ड डीकेको निर्देशनमा तयार भईरहेको ‘फेक’ को छायांकन शनिवार देखि नेपालमा छायांकन हुनेछ । नेपालका लागि छायांकन व्यस्थापन थ्री ह्विलर्सले गर्दैछ । यहिँ कम्पनि ‘उँचाई’ को छायांकनको व्यस्थापन समेत हेरेको थियो । बलिउड अभिनेता शाहिद कपूरको ओटीटी डेब्यु रहेको यस सिरिजमा विजय सेतुपति, केके मेनन र राशी खन्ना जस्ता कलाकारले अभिनय रहने छ ।

प्रोडक्सन म्यानेजर अरुण रेग्मीले फिल्मको छायांकन ४ दिन हुने बताए । ‘काठमाडौंकाे त्रिभुवन विमानस्थल, बसन्तपुरलगायत ठाउँमा छायांकन हुने भनिएको छ’ रेग्मीले भने । साथै , उनले शहिद भने नेपाल आउने तय नभएको बताए । ‘हामीलाई आएको जानकारी अनुसार विजय , केके र राशि आउनेछन्’ उनले भने । अमेजन प्राइम भिडिओबाट प्रसारण हुने यो वेब सिरिज क्राइम स्टोरीमा आधारित हुने छ।

कमेन्ट गर्नुहोस्