‘ब्ल्याक विडो’ले बनायो रेकर्ड

फिल्म । कोरोना भाइरसको कारण भारत , नेपालसंगै विश्वका केहि देशमा फिल्म हल संचालन हुन् सकेको छैन । यद्दपी यतिबेला हलिउड र बलिउडका फिल्महरुले हल नखुलेको स्थानमा ओटीटी प्लेटफर्मको साथ् लिदै फिल्म रिलिज गरिरहेका छन् । फिल्म हल र ओटीटीमा एकसाथ फिल्म आउन थालेपछि दर्शकहरु डिजिटल प्लेटफर्म तर्फ आकर्षित छन् ।

यसैक्रममा मार्भल स्टुडियोको प्रतिक्षित फिल्म मध्येको एक ‘ब्ल्याक विडो’ हलसंगै डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । सिधै ओटीटीमा आउनु अगाडी मार्भल स्टुडियोले आफ्नो केहि सिरिजलाई ल्याएको थियो । वान्डा भिजन , द फाल्कन एण्ड द विन्टर सोल्जर र हाल प्रदर्शन भईरहेको लोकीले राम्रो दर्शक पाएपछि मार्भलले फिल्मलाइ पनि डिजिटल प्लेटफर्ममा ल्याएको हो ।

पछिल्लो समय हप्तै पिच्छे एपिसोड आउने लोकीलाई दर्शकले सर्वाधिक रुचाइरहेका छन् । यसैबीच आएको एभेन्जरको एउटी पात्र नताशा रोमोनोफ अर्थात स्कारलेट जोन्सनको मुख्य भूमिका रहेको फिल्म ‘ब्ल्याक विडो’ले विकेन्डमा मात्र ८ करोड डलर बराबर कमाई गरेको हो । पछिल्लो समय महामारीमा रिलिज भएको फिल्म मध्ये सर्वाधिक कमाइ गरेको रेकर्ड बनाएको ‘फास्ट एन्ड फ्युरियस ९’को रेकर्ड ब्रेक गर्दै ब्ल्याक विडो अगाडी आएको हो । ‘फास्ट एन्ड फ्युरियस ९’ले विकेन्डमा ७ करोड डलर बराबर कमाई गरेको थियो ।

फिल्ममा नताशाको जीवनीलाई देखाइएको छ । उनि ब्ल्याक विडो कसरि बनिन् ? साथै , उनको परिवारसँगको सम्बन्धका बारेमा फिल्म केन्द्रित रहेको छ । फिल्ममा उनि एभेन्जर्ससँग जोडिनेसम्मको कथालाई देखाइएको छ । एभेन्जर्समा रहेका पात्रहरु आइरन म्यान , क्याप्टेन अमेरिका , हल्क , ब्ल्याक प्यान्थर , डक्टर स्ट्रेन्ज , थोर लगायतको कथालाई फिल्मकै रुपमा देखाईए पनि मुख्य पात्र नताशाको कथा बाँकी थियो । फ्यानहरुको आग्रहमा फिल्ममा मार्भलले बनाउन बाध्य भएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्