फिल्म । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कलाकारहरु पार्टी प्रवेश गरेका छन् । मुलाको साग उपनामले चर्चामा आएका अभिनेता सुरेन्द्र केसी , महादेव त्रिपाठी सहित १२ जनाभन्दा बढी कलाकार तथा संस्कृतिकर्मी आज कांग्रेस प्रवेश गरेका छन् । पार्टीको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको नेतृत्वमा कलाकर्मीलाइ पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गरेसंगै कलाकारलाई सभापति देउवाले सदस्यता पनि प्रदान गरेका थिए । कलाकारलाई पार्टी प्रवेश गराएपछि आफ्नो मन्तव्य राख्दै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको चर्चा गरे । पार्टी प्रवेश कार्यक्रममा सांस्कृतिक संघका सभापति तिर्थ थापा , महामन्त्री रोशनी केसी लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्










