युरोकप २०२० : सेमिफाइनल समीकरण पूरा

खेलकुद । युरो २०२० मा सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति र आइतबार विहान भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको तय भएको छ । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले र आइतबार विहान भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

त्यसअघि , सेमिफाइनलमा इटली र स्पेन पुगिसकेका छन् । पहिलो भिडन्त यी दुइ बीच ६ जुलाईमा हुनेछ । यस्तै , दोस्रो भिडन्त डेनमार्क र इंग्ल्याण्डको हुनेछ । यी दुइले जुलाई ७ मा फाइनल प्रवेशका लागि खेल्नेछन् । दुवै खेल राति १२ : ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् । दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्