फिल्म । यसपटक नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ यहि जुन महिनाको १७–२० सम्म भर्चुअलबाट हुने भएको छ । चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा फिल्महरु प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको यो महोत्सव यसपटक भने भर्चुअल माध्यमबाट हुन् लागेको हो । महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत नि:शुल्क हेर्न सकिनेछ ।
जुनको १७ तारिक बिहीबार साँझ भर्चुअल रुपमा महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ । महोत्सवमा प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट फिल्महरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्।











