अक्षयलाई भाइरल बनाउने ट्र्याक के हो ?

फिल्म । अभिनेता अक्षय खन्ना अहिले आफ्नो फिल्म ‘धुरन्धर’को अभिनय मात्र होइन, बहरेनी र्‍याप ट्र्याक कारण पनि लोकप्रिय छन् । उनको नृत्य र एक समारोहमा भित्रिदै गरेको दृश्य अहिले सोसल मिडियामा ट्रेण्ड गरिरहेको छ । बहरेनी र्‍यापर फ्लिप्पेराचीको यो गीत अहिले विश्वभर ट्रेन्डिङमा छ । यसको लोकप्रियता ‘एनिमल’ फिल्मको ‘जमाल कुदु’ जत्तिकै प्रभावशाली मानिएको छ ।

‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेका अक्षय अहिले सर्वत्र ट्रेण्डमा छन् । बहरेनी कलाकार फ्लिप्पेराची र डेफीले गाएको उक्त गीतमा अहिले भिडिओ बन्ने क्रम बढिरहेको छ । डीजे आउट्लोले यसमा संगीत दिएका छन् ।

खालिज शैलीमा बनेको यो हिप-हप ट्र्याक बहरेनी बोलीमा गायिएको हो । विभिन्न स्रोतका अनुसार ‘FA9LA’ को अर्थ करिब–करिब ‘मस्ती’, ‘फन टाइम’ वा ‘पार्टी’ जस्तै हुन्छ । फ्लिप्पेराची बहरेनी र्‍यापर हुस्साम असीमको स्टेज नेम हो । उनी अरब हिप-हपका सबैभन्दा चर्चित नाममध्ये एक हुन् । १२ वर्षदेखि संगीतप्रेमी बन्दै आएका उनले किशोरावस्थामा र्‍याप सुरु गरेका थिए । सन् २००३ मा उनले प्रोफेसनल संगीतयात्रा थालेका हुन्।

विश्वभरका कलाकारसँग सहकार्य गरिरहेका उनले २०२४ को ‘बहरैनि आर्टिस्ट अफ द इयर’ अवार्ड पनि जितेका थिए । ‘Fa9la’ ले भारी बासलाइन, पन्ची बीट र जोसिला अरबी र्यापमार्फत गीतलाई विशेष बनाइएको छ । यही उर्जाले ‘धुरन्धर’मा अक्षयको इन्ट्रीलाई भव्य बनाइदिन्छ ।

गीतका मूल शब्दको साधारण अर्थ :

भाइ, नाच, मज्जाको समय सुरु हुने छ ।

भाइ, हल्ल, रमाइलो नाच गरौँ ।

मेरो तर्फबाट तिमीलाई शक्तिशाली नाच, साथी ।

भाग्यले तिम्रो लागि लेखेको।

हात उठाऊ, ताल देऊ।

काँधा मजबुतसँग हल्लाऊ – बलियो बन ।

कमेन्ट गर्नुहोस्