फिल्म । भारतमा पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर बढिरहेको छ । संक्रमित र मृतकको संख्या बढ्दै गर्दा यसले विश्वमै पहिलो स्थानमा परिरहेको छ । यसले गर्दा मुम्बई र दिल्लीमा बढी समस्या भइरहेको छ । यसैकारण बलिउडका ठुला फिल्महरुको छायांकन पनि रोकिएको छ । बाहुबली सिरिजमा अभिनय गरेसंगै साउथ मात्र नभई भारतीय फिल्म उद्योगकै महंगा अभिनेतामा पर्छन , प्रभास ।यिनै प्रभास पछिल्लो समय ‘आदिपुरुष’ फिल्ममा काम गरिरहेका छन् । यद्दपी कोरोना भाइरसको फिल्मको छायांकन रोकियो ।
यद्दपी अब यसको छायांकनको प्रारम्भ हैदरावादबाट हुने भएको छ । ठुलो बजेटको फिल्म भएको र स्टारकास्टले दिएको डेटमा केहि हेरफेर गरेर सकाउनु पर्ने भएको हुँदा यसका निर्देशक ओम राउतले छायांकन सुरु गर्ने तयारी गरेका छन् । बलिउडमा तान्हाजी बनाएर चर्चामा आएका निर्देशक राउतले भिएफएक्सका दृश्यहरुका लागि धेरै छायांकन स्टुडियोमै गर्दैछन् । हैदरावादमा छायांकन सम्भव भएकाले स्वास्थ्य सम्बन्धि मापदण्डमा रहेर फिल्मको बाँकी काम पुरा गर्ने निर्देशक राउतले बताएका छन् ।
फिल्ममा प्रभाससंगै सैफअलि खान , कृति सेननको पनि मुख्य भूमिका रहनेछ । यसैगरी ५ सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २ सय ५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो । ‘बाहुबली’ पछी प्रभासले प्राय बिग बजेटको फिल्ममा काम गरिरहेका छन् । (एजेन्सी)












