संगीत । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बम तस्बिरलाई सार्वजनिक गरेकी छिन् । पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा पश्चात तेस्रो एल्बम ‘तस्बिर’ मार्फत उनि श्रोता तथा दर्शकसामु आएकी हुन् । सार्वजनिक एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ ।
पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरिन् । एल्बममा समावेश सम्पूर्ण गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । गुलेलीमा, पछ्यौरी र पराईको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् । लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ ।
गुलेलीमा गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की, पराईको सिन्दुरमा जिवन भट्टराई र तारा अधिकारी, पछ्यौरीमा निराजन प्रधान र सुशिला थापा तथा लाली ओठैमा पल शाह र गरिमा शर्माको अभिनय छ ।












