फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ यस वर्ष इदमा रिलिज हुने भएको छ । सलमानले सामाजिक सञ्जाल मार्फत फिल्म घोषणा अनुरुप इदमै रिलिज हुने जानकारी दिएका छन् । केहि दिन यता भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि लकडाउन तथा कर्फ्युको अवस्था केहि प्रान्तमा रहेता पनि फिल्म घोषित मितीमै आउने बताईएको छ ।
तर , फिल्म हलसंगै ओटीटी प्लेटफर्ममा पनि प्रदर्शनमा आउने छ । जहाँ फिल्म हेर्नको लागि पैसा तिर्नु पर्ने हुन्छ । फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












