एक्सनलाई ४० करोड

फिल्म । साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म हो ‘पुष्पा’ । फिल्मको सार्वजानिक टिजरले दर्शकलाई आकर्षित गरिसकेको छ । अल्लुको एक्सन र रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाउने सम्भावना देखाईसकेका छन् । यता अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तै छ । स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन , अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् ।

एक्सन ड्रामा भनिएको फिल्ममा एक्सनको लागि ४० करोडको बजेट छुट्याइएको छ । सुकुमारको निर्देशनमा तयार भइरहेको फिल्मको एक्सन दृश्यहरुका लागि ४० करोड छुट्याइएको निर्माण पक्षले जनाएका छन् । सुकुमारले यसअघि नै अल्लु अर्जुनसँग आर्या र आर्या २ मा काम गरिसकेका छन् । तेस्रो सहकार्य पनि दर्शकले रुचाउनेमा दुवै विश्वस्त छन् ।

पहिला नै ६ मिनेट लामो एक्सन खिच्न ६ करोड खर्च गर्ने भनेर चर्चामा आएको पुष्पामा अल्लुको लुक्सको चर्चा बढ्दो छ । फिल्मलाई तेलगु र तामिलसँगै मलयालम , कन्नड र हिन्दी भाषामा पनि रिलिज गरिनेछ । फिल्ममा अल्लु र रश्मिकासँगै विजय सेतुपति , प्रकाश राज , जग्पति बाबु लगायतको अभिनय रहनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्