फिल्म । म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर आईतवार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? मा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय रहेको छ । कथामा अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको वर्णन गरिएको छ । जन्मदिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नवजात शिशुलाई फाल्न बाध्य रहेको फिल्ममा छ ।
‘आमा कहाँ खोजुँ ? नेपाली समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ?
राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न फिल्मले पैदा गर्छ । फिल्ममा अशोक थापा मगरको संगीत र शब्द रहेको छ । फिल्मको गीतलाई गिताञ्जली थापा मगरले गाएकी छन् । संगीतमा राजु थापा मगर पनि आवद्ध छन् । दीपक बज्राचार्यले खिचेको फिल्मलाई अशोक थापा मगरले नै निर्देशन गरेका छन् । फिल्मका निर्माता टेक बहादुर थापा र राजु थापा हुन् ।










