युट्युबमा ‘आमा’

फिल्म । गत वर्षको फागुनमा प्रदर्शन भएको दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बाको यूट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । सीमक्षात्मक रुपमा सफल ठहरिएको यो फिल्म कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएको थियो ।

हलमा रिलिजको ११ महिनामा नै यूट्युबमा फिल्म रिलिज गर्नुको कारण पाइरेसी प्रमुख मानिएको छ । पाइरेसी कपी धेरै दर्शकको मोवाइलमा पुगेपछि डिजिटल राइट्स लिएको बुढासुब्बाले ‘आमा’ लाई यूट्युब रिलिज गरेको हो ।

फिल्ममा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस्