विदेश । पछिल्लो केहि समय यता कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट भेटिएसँगै बेलायतमा कडा सुरक्षा नीति अपनाईएको थियो । अन्ततः संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् ।फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको बीबीसीमा उल्लेख छ । प्रधानमन्त्री जोन्सनले जनतालाई घरमै बस्न आग्रह गरेका छन् ।
उनले संक्रमण बढ्दै गएपछि बाध्य भएर लकडाउन गरिएको उल्लेख गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे । बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










