‘चिसो मान्छे’ को रिलिज डेट तय

फिल्म । नेपालमा फिल्म हल खुलेसँगै गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिदैछ । आउँदो माघेसंक्रान्तिमा नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुने घोषणा केहि दिन अगाडी मात्र गरिएको थियो । यस्तै, आउँदो शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको घोषणा भईसकेको छ । यसैबीच फिल्म ‘चिसो मान्छे’ पनि आउँदो वर्ष अर्थात् २०७८ सालको भाद्र ११ गते प्रदर्शन हुने भएको छ ।

स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहने फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा बन्न लागेको फिल्ममा स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य हुने भएको हो । यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ ।

#चलचित्र_चिसो_मान्छे Final Song Recording लेखक/निर्देशक: दीपेन्द्र के.खनाल निर्माता: शर्मिला पाण्डे…

Posted by करण श्रेष्ठ on Sunday, January 3, 2021
कमेन्ट गर्नुहोस्