रिमेकको लहर

0 Shares

फिल्म । पछिल्लो समय बलिउड र नेपाली फिल्मनगरीमा पनि रिमेक गर्ने प्रचलन बढ्दो छ । पुराना गीतलाई रि एरेन्ज गरेर दर्शक तथा श्रोता सामु ल्याइन्छ । पिरतीको मिठो तिर्सना , चट्ट रुमाल लगायत हिट गीतको रि एरेन्ज भईसकेको छ भने केहि गीत अझै पाइप लाइनमा छन् । छायाँकनमा जाने अन्तिम तयारीमा रहेको फिल्म ‘रातो टिका निधारमा’ मा पनि गीतलाई रि एरेन्ज गरिँदैछ ।

गीतमा प्रमोद खरेल र मेलिना राइले स्वर दिएका छन् भने ओर्जिनल गीतका संगीतकार शम्भुजित बास्कोटाले नै यसलाई तयार गरेका हुन् । ‘गीतको भावनालाई मर्न दिएको छैन’ शम्भुजितले भने ‘पुराना गीतलाई नयाँ पुस्तासम्म पुर्याउने यो राम्रो तरिका हो तर गीतको भाव मर्न हुँदैन ।’ उनले रिमेक वा रि एरेन्ज गर्दा पुराना गीतलाई उस्तै किसिमले तयार गर्नु पर्ने बताए ।

पछिल्लो समय शम्भुजितद्वारा संगीतबद्ध अन्य गीत पनि रि एरेन्ज हुँदैछन् । उनकै संगीत र स्वर रहेको गीत ‘हे संगीता’ पनि छिटै नै नयाँ स्वरूपमा ल्याइन्दै छ । ‘कुराकानी भईरहेको छ , सायद आउँन सक्छ’ शम्भुजितले भने । उक्त गीतमा निर्माणको प्रक्रियामा रहेको फिल्म ‘लप्पन छप्पन २’ मा राख्ने सुनिएको छ । पुराना पुस्ता देखि नयाँ पुस्तासम्म काम गरेका शम्भुजितले नयाँ पुस्ता मार्फत गीतसंगीतलाई लोकप्रिय बनाउनु पर्नेमा जोड दिन्छन । छिटै उनि फिल्म निर्माणको तयारीमा समेत छन् ।

Facebook Comments