पल होइन पुष्प जोडी बन्ने

फिल्म । फिल्मनगरीमा कलाकार फेरिनु नौलो कुरा होइन । किनकी सम्झौता भएपनि छायांकनको समयमा कलाकार र निर्माण पक्षको आपसी सहमतिमा फेरबदल आउने गरेको उदाहरण प्रसस्तै छन् । यस्तै भएको छ फिल्म ‘रेड वाइन’ को पनि । फिल्मको नाम फेरिएर ‘तिम्रो मेरो साथ’ मात्र भएन यसको कालक्र पल शाह पनि फेरिए । पछिल्लो समय म्युजिक भिडियोमा निरन्तर अभिनय गरिरहेका पलको स्थानमा निर्माण पक्षले पुष्प खड्कालाई लिएको छ ।

प्रेमकथामाथि आधारित फिल्नामकोम कथा र समयको माग अनुरूप परिवर्तन गरिएको निर्देशक रमेश एम के पौडेलले बताएका छन । शुक्रबार देखि छायांकन हुने फिल्ममा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ । यसमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सन्दिप क्षेत्री, खबपु , इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ । साम्राज्ञी र पुष्पले यस अगाडी ‘मारुनी’ मा काम गरिसकेका छन् ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको फिल्ममा निर्मातामा पासांग लामा र सह निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । ‘तिम्रो मेरो साथ’को नेपाल र केही दृश्यहरू अमेरिकाका विभिन्न सहरहरूमा छायांकन गरिने छ ।

कमेन्ट गर्नुहोस्