निजी क्षेत्रले थाले खोप ल्याउन पहल

देश । कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वलाई नै असर गरिरहेको छ । भाइरसको महामारीले गर्दा सिर्जित अवस्था पश्चात विस्तारै जीवन सामान्य बन्दैछ । तर , केहि दिन यता बेलाय्यत र अमेरिकामा पाइएको नयाँ किसिमको कोरोना भाइरसले पुनः त्रसित माहोल बनाउदै छ । यद्दपी बेलायत र अमेरिकामा कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन सुरु भईसकेको छ । तर , नेपालमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले गर्दा भ्याक्सिन आउने टुङ्गो अझै लागेको छैन ।

कोभ्याक्सको सुविधा अन्तर्गत पाउने भ्याक्सिन मार्चसम्म उपलब्ध हुने अनुमान गरिएको छ । यद्दपी त्यो नेपाली जनसंख्याको कुल तीन प्रतिशतले मात्र पाउनेछन् । सरकारले कोभाक्स सुविधासँगै अन्य माध्यमबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन गृहकार्य थालेको छ । यसका लागि सरकारले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोपलाई प्राथमिकतामा राख्दै आइरहेको छ । ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा भ्याक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको पहिलो लट सन् २०२१ को मार्चसम्ममा आउन सक्ने अनुमान छ ।

कोभ्याक्स सुविधाभन्दा पहिले नै बजारमा खोप उपलब्ध भएमा अन्य तरिका (खरिद गरेर) बाट ल्याउनेबारे छलफल भइरहेको भन्दै नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जी टु जी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी र निजी क्षेत्रको माध्यमबाट खोप ल्याउन तयारी भइरहेको डा. समिर अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्