अरिष्माको स्वरमा ‘फूल बुट्टे सारी’ (भिडियो)

संगीत । पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ को नयाँ भर्सन सार्वजनिक भएको छ । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड भर्सनमा आएको हो । सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमाजमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गर्दै अरिष्मा शिवाकोटीको आवाजमा रहेको गीत सार्वजनिक गरियो ।

गीतमा राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको छ । गीतको सार्वजनिक भिडियोमा अरिष्माकै अभिनय रहेको छ । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । ‘फूल बुट्टे सारी’मा मेल भर्सनमा मार्मिक लामा र फिमेल भर्सनमा मिलन नेवारको स्वर रहेको छ ।

कमेन्ट गर्नुहोस्