संगीत । लोक, आधुनिक, पप गायनमा छुट्टै परिचय बनाएकी गायिका दिपा कोईरालाल आफ्नो स्वरमा नयाँ गीत ‘कब्जा गर्यौ…’ ल्याएकी आएकी छन् । सार्वजनिक गीतलाई सुवर्ण कुमारको लेखनसँगै संगीत पनि रहेको छ ।
प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन् । उनीहरुको प्रेममा रमा आरएल ठकुरी र हेम श्रेष्ठ बाधक बनेका छन् । यो भिडियोलाई मोहनिस श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन सुवर्णकै रहेको छ । भिडियोमा बन्दना मगरातीको मेकअप रहेको छ । भिडियोको पोष्ट प्रोडक्सन विलक्षण क्रियसनमा गरिएको हो । यो भिडियो फिल्म निर्देशक तथा रङ्ग पत्रकार डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।
कमेन्ट गर्नुहोस्










