फिल्म । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि उनको कपाल पातलो भएको थियो ।
गुमेको कपाल फिर्ता आउने एकमात्र उपाए प्रत्यारोपण भएकाले आफूले यस्तो गरेको उनले बताए ।आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेका हुन् । उनले कपाल कुन प्रविधिमा रोपेको भन्ने विषयमा नखुलाएता पनि उनले दुई साता घरमै रहेर यसको स्याहार गरेका छन् ।
सामान्यता उनले आफ्नो पूर्ण कपाल पाउन एकवर्षको समय लाग्ने छ । यद्यपि उनी दुईसाता पश्च्यात नै आफ्नो दैनिकीमा फर्किने छन् । अभिनेता उप्रेती चाँडै एक फिल्म निर्देशन तथा निर्माणको तयारीमा छन् ।
कमेन्ट गर्नुहोस्












