धादिङमा खानेपानी आयोजना काम हुँदै

देश । सामाजिक कार्यमा संलग्न संस्था सर्भिस फर पिसले खानेपानीको चरम समस्या उत्पन्न भएका नीलकण्ठ नगरपालिका भित्रका विभिन्न स्थानहरुमा खानेपानीको समस्या समाधान गर्दै आएको छ । विगत १६ वर्ष देखि विद्यालय भवन निर्माण लगायत खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको सर्भिस फर पिस नेपाल धादिङले खानेपानी क्षेत्रमा काम गर्न सुरुवात गरेसँगै हाल सम्म ४ वटा ठुला तथा साना खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कोइका, सर्भिसफर पिस कोरियाको आर्थिक सहयोग तथा सर्भिसफर पिस नेपालको आयोजनामा कुल २ करोड ५५ लाखको लागतमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का नवलपुर खानेपानी आयोजनाबाट १०२ घरधुरी, वडा नम्बर ६ को सिस्नेरी खोला कुसुण्डे नेवारपानी खानेपानी आयोजनाबाट २४० घरधुरी, वडा नम्बर ५ को सिस्नेरी खोला पतेनी खाल्टेका ६४ घरधुरी र छोटो गण्डकी चारकुने दोभान घलेडाँडा खानेपानी आयोजना ज्वालामुखी ५ खरीका करिब ३०० घरधुरी लाभान्वित भएका छन ।

सर्भिस फर पिस नेपाल धादिङका संस्थापक तथा कार्यकारी निर्देशक सरोज खनालले संस्थाले ३ करोडको लागतमा ६ वटा आयोजना सञ्चालन गर्ने क्रममा रहेको समेत प्रस्ट्याएका छन् । खानेपानीको चरम समस्या झेल्दै आएका नीलकण्ठ नगरपालिकाका नागरिकहरु खानेपानी आउने भएपछि अहिले निकै खुशी भएका छन् । यस्तै यस संस्थाले २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्पपछि जिल्लाका १० वटा विद्यालय भवन कार्य समेत सम्पन्न गरिसकेको खनालले बताए ।

कमेन्ट गर्नुहोस्