ब्राजिलको शानदार सुरूवात

विदेश । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार सुरूवात गरेको छ । शनिबार विहान सकिएको खेलमा ब्राजिलले बोलिभियालाई ५-० गोलले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

ब्राजिलका लागि मार्किन्होस १ , रोबर्टो फिर्मिनो २ , फिलिप काउटिन्होले १ गोल गरेका थिए भने खेको ६८ मिनेटमा बोलिभियाका कारास्कोले आफ्नै पोस्टमा गोल गर्दा ब्राजिलको अग्रता ४-० मा पुग्यो ।

यस्तै , अर्को छनोटको अर्को खेलमा कोलम्बियाले भेनेजुएलालाई ३-० गोलले पराजित गरेको छ। छनोट खेल अन्तर्गत १३ अक्टोबरमा अर्जेन्टिना र बोलिभिया, पेरु र ब्राजिल, चिली र कोलम्बिया, इक्वेइडर र उरुग्वे तथा भेनेजुएला र पाराग्वेबीच खेल हुनेछ।

कमेन्ट गर्नुहोस्